सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रकृया अगाडि बढाएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धकको सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
कम्पनीको भदौ १८ गते, शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले बोनस शेयर वितरण गरेपछि कायम हुने पूँजीको २ः१ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ४० करोड ३२ लाख ८७ हजार रूपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया