रु रु जलविद्युत परियोजना (RURU) ले एकैदिन दुई आर्थिक वर्षको साधारण सभा डाकेको छ । कम्पनीले असोज १६ गते एकैदिन आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनी सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले असोज १६ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसार र भर्चुअल माध्यमबाट एकसाथ सञ्चालन हुने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ नाफाबाट कर सहित १०.५६३२ प्रतिशत नगद लाभांश र आव २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद गरी कुल २१.१२६४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा राखेको छ ।
यसैगरी साधारण सभाबाट संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी ५ जना, सर्वसाधारण शेयरधनीबाट १ जना सञ्चालकको लागि निर्वाचन तथा कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । त्यसअनुसार असोज ६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्रै लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया