सामलिङ्ग पावरको पहिलो चरणको आईपीओमा आवेदन गर्ने अन्तिम दिन

0
Shares

सामलिङ्ग पावर कम्पनीले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र ईलामका स्थानिय वासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बरारबरको आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

उक्त आईपीओमा साउन २२ गतेदेखि छिटोमा भदौ ४ गतेसम्म र ढिलोमा असोज १ गतेसम्म आवेदन दिन पाइनेछ । बीचमा केही समयका लागि आवेदन स्थगित गरिएको थियो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। विशेषगरी नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।