पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

0
Shares

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ। मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १ हजार ४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।