हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

0
Shares

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।

तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो ।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् ।

गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।