लोअर इर्खुवा हाइड्रोपावरले २१ करोड बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
हाइड्रोपावरले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दालाई र २० प्रतिशत अर्थात १४ करोड बराबरको १४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन ।
हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ ।
लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुर जिल्लाको षडानन्द न.पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया