युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक लक्जम्बर्गमा सम्पन्न, के-के भयाे छलफल ?

0
Shares

युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए ।

उनीहरुले हाल विश्वमा उर्जाको मुल्य वृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य वृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ ।

उनीहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समीक्षा गरेका थिए । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मुल्य वृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छलफल गरेका थिए ।

उनीहरुले विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।