सन् २०२२ मा इसीबीले ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’

0
Shares

युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बर्ताका छन ।

बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उनको यो भनाई आएको हो ।

“हालको मुद्रास्फीति वृद्धिको बावजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,” लागर्डेले लिस्बनमा गरेको एक सम्बोधनमा भने ।

अनि सम्भावित दर वृद्धिका लागि ईसीबीको अवस्था ‘आगामी वर्ष सन्तुष्ट हुने सम्भावना धेरै नरहेको उनले बताए ।

यसअघि, ईसीबीले अनुमानित समय सीमाभन्दा अगाडि मुद्रास्फीति आफ्नो २।० प्रतिशत लक्ष्यनजिक नपुगुञ्जेल ऋण लागत बढाउने छैन भनी उल्लेख गरेको छ । बाँकी अवधिभरि नै मुद्रास्फीति त्यस स्तरमा वा त्योभन्दा बढी हुनुपर्छ र यसको आधारभूत मूल्य दबाबसम्बन्धी तथ्याङ्कले समर्थन गर्नुपर्ने हुन्छ ।

ईसीबीको २५ सदस्यीय परिचालक परिषद्ले गत हप्ता ऐतिहासिक न्यूनतामा ब्याज दर तोकेको थियोे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।