दक्षिण कोरियाली विश्व बिख्यात कम्पनी सामसुङले अमेरिकाको टेक्सास शहरमा करिब १७ अर्ब डलर लगानीमा कम्प्युटर चिप प्लान्ट निर्माण गर्ने भएको छ।
विश्व ब्यापीरुपमा विज्ञान तथा प्रविधिको क्षेत्रका उद्योगमा अत्यावश्यक पर्ने सेमिकन्डक्टरको अभाव भएपछी सामसुङले कम्प्युटर चिप प्लान्ट निर्माण गर्न लागेको हो । उक्त प्लान्ट निर्माणको काम सन् २०२२ बाट सुरु हुने बताइएको छ।
कोरोना महामारीको कारणले बढेको बेरोजगारीको समस्या न्यूनीकरण गर्न पनि यो प्रोजेक्टले मद्दत पुर्याउने छ। कम्प्युटर चिप प्लान्ट निर्माणको समय अवधीभर करिब २० हजार मानिसले रोजगारीको अवसर पाउनेछन् ।
विश्वभर भइरहेको चिप्स अभाव टार्न र आपूर्ति दर वृद्धि हुनुका साथै रोजगारीको राम्रो अवस्था सिर्जना गर्न उक्त प्लान्टले सघाउने अमेरिकी राष्ट्रपति जो वाइडेन निकट अधिकारीहरुले बताएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया