भारत सरकारले क्रिप्टो करेन्सीलाई प्रतिबन्ध लगाएर आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी गरेको छ ।
क्रिप्टो मार्केटको प्रयोग गरि मनि लन्डरिङ तथा टेरर फन्डिङ जस्ता अनैतिक कार्य हुने सक्ने आशंका गर्दै यो नीति अघि सारेको हो । भारत सरकारले संसद्को आगामी हिउँदे अधिवेशनमा क्रिप्टोकरेन्सी सम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी रहेको समाचारमा जनाइएको छ ।
सोझा जनतालाई अनेकन प्रलोभन देखाएर क्रिप्टो करेन्सीमा लगानी गर्न उत्साहित बनाउने दलालहरु र प्रलोभनमा पर्ने जनताहरुको सुरक्षाको विषयलाई लिएर मोदी सरकारले संसद्को हिउँदे अधिवेशनमा ‘द क्रिप्टोकरेन्सी एन्ड रेगुलेसन अफ अफिसियल डिजिटल करेन्सी बिल २०२१’ प्रस्तुत गर्न लागेको छ ।
छोटो समयमा धनी बनाइदिन्छु, थोरै लगानीमा धेरै पैसा, एकै दिनमा पैसा डबल जस्ता भ्रामक सूचना दिदै जनतालाई ठग्ने क्रम बढेको पाइएपछि मोदी सरकार यस्तो निर्णयमा पुगेको हो ।
बाह्य डिजिटल करेन्सीलाई प्रतिबन्ध लगाइ रिजर्ब बैंक अफ इन्डियाले आफ्नै डिजिटल करेन्सी लन्च गर्ने काम समेत अघि सारेको छ।
क्रिप्टो करेन्सीलाई प्रतिबन्ध लगाएर आफ्नै डिजिटल करेन्सी ल्याउने मोदी सरकारकोे कदमले बुधबार बिट्कोइनको १७%, इथेरियम १५% र टेथरको मूल्यमा १८% ले गिरावट आएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया