दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट–२० सिरिजको नयाँ मोडल बजारमा नल्याउने भएको छ।
हालै भएको साम्सुङको वार्षिक शेयर सदस्यहरुको बैठकमा साम्सुङका सह– प्रमुख कार्यकारी अधिकृत को डोङ–जिनले २०२१ को लागि ग्यालेक्सी नोट सिरिजको कुनै पनि मोबाईल लन्च नगर्ने कुरा व्यक्त गरेका छन्।
विश्वभरी भइरहेको चिप्स अभावका कारण साम्सुङले २०२१ मा कुनै पनि ग्यालेक्सी नोट सिरिज बजारमा ल्याउन नसकेको हो। तथापि चिप्सको आपूर्ति भएको खण्डमा २०२२ मा भने ग्यालेक्सी नोट सिरिज बजारमा आउने आशा गरिएको छ।
सन २०२० को अगस्ट महिनामा साम्सुङको ग्यालेक्सी नोट–२० र ग्यालेक्सी नोट–२० अल्त्रा गरी दुईवटा ग्यालेक्सी नोट सिरिज बजारमा ल्याएकोे थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया