अमेरिकाको कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सिइओ एलन मस्कले आफ्नो कामबाट राजीनामा दिने आसय व्यक्त गरेका छन ।
उनले आफ्नो कामलाई राजीनामा दिई इन्फुलेन्सर बन्ने सोच गरेको भन्दै बिहीबार ट्वीट गरेका छन्।
उनले आधिकारिक रुपमै आफ्नो काम छोड्छन् या छोड्दैनन् भन्ने जानकारी आउन बाँकी नै छ।
यस अघि अक्टोबरमा उनले आफ्नो कम्पनीको १०% सेयर बेच्ने भनी ट्वीट गरेका थिए। आफ्नो ट्वीटलाई सार्थकता दिँदै उनले अक्टोबर महिनाको अन्त्य सम्म आइपुग्दा १२ बिलियन बराबरको सेयर बेचिसकेका छन्।
उनको ट्वीटलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन्। के उनी साँचिकै आफ्नो काम छाड्दै छन् भन्ने कुरा थाहा हुन बाँकी छ।
दक्षिण अफ्रिकामा जन्मेका मस्कले अनलाइन भुक्तानी कम्पनी पेपालबाट निकै पैसा कमाएका छन्। उनी पछि टेस्ला र रकेट कम्पनी ‘स्पेस एक्स’ का संस्थापक भएका हुन्।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया