टोयोटा मोटर्सले विद्युतीय सवारी निर्माणमा ३५ बिलियन डलर लगानी गर्ने

0
Shares


जापानी मोटर निर्माता कम्पनी टोयोटा मोटर कर्पाोरेशनले स.न्. २०३० सम्ममा आफ्ना सबै मोडलका गाडीहरुलाई विद्युतिकरण गर्ने भएको छ।

उक्त विद्युतीय सवारी निर्माण गर्न अत्यावश्यक पर्ने ब्याट्री निर्माणमा टोयोटा मोटर कर्पाोरेशनले ४ ट्रिलियन येन अर्थात् ३५ बिलियन डलर लगानी गर्ने भएको छ।
विश्वको सबैभन्दा ठूलो कार निर्माता टोयोटा कम्पनीले शून्य कार्बन उत्सर्जन सवारी साधनहरू निर्माण गरी बजार कब्जा गर्ने उद्देश्य राखेको छ।

यो दशकको अन्त्यसम्ममा हाइब्रिड र हाइड्रोजन सवारी साधन लगायत विद्युतीय सवारी साधनहरूमा ८ ट्रिलियन येन अर्थात् ७० बिलियन अमेरिकी डलरको समग्र लगानी टोयोटाले गर्ने भएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।