बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

‘बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरे । जसले ऋण सीमा २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,’ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।