युएईले लागू गरेको ५ दिने कार्यहप्ता नीतिमा अन्तराष्ट्रिय बैंकहरुको सहमति

0
Shares

संयुक्त राज्य इमिरेट्स (युएई) ले लागू गरेको ५ दिने कार्यहप्ता नीतिमा युएई अवस्थित अन्तराष्ट्रिय बैंकहरुले सहमति जनाएका छन्।

सन २०२२ बाट लागु हुने गरी अघि सारिएको साढे ४ दिने कार्यहप्ता नीतिलाई लन्डन–आधारित, फ्रान्स–आधारित र जर्मन–आधारित बैंकहरुले जनवरी २ देखि अवलम्बन गर्ने भएका हुन् ।

यो नीतिले कर्मचारीहरुको सामाजिक जीवनस्तर वृद्धि गर्न सघाउने बताइएको छ। खाली समयमा कर्मचारीहरुले आफ्नो रुचिपुर्ण कामहरु गर्न पाउने छन् र कार्यालय समयमा कार्यालय केन्द्रित कामहरुमा बढी ध्यान दिने छन् भन्ने आशय व्यक्त गरिएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।