पाँच वर्ष यताकै दोस्रो ठूलो क्रिप्टो करेन्सी चोरी

0
Shares

सन् २०२१ मा पाँच वर्ष यताकै दोस्रो ठूलो क्रिप्टो करेन्सी चोरी भएको छ ।

ब्लकचेन डाटा प्लेटफर्म चेनालाइसिस कम्पनीका अनुसार यसअवधिमा विश्वव्यापी रूपमा ७ अर्ब ७० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको हो ।

क्रिप्टो करेन्सी स्काम गर्नेहरुले प्राय बिटकोइन, इथेरियम जस्ता डिजिटल करेन्सीहरुलाई लक्षित गरेका छन् । रग पुल्स (क्रिप्टो करेन्सी विकासकर्ताले लक्षित फाइदा भएपछि लगानीकर्ताको पैसा लिएर भाग्ने) र फिनिको प्रयोग गरी स्कामरहरुले क्रिप्टोकरेन्सी चोरी गरेका छन्।

यस किसिमको चोरी सन् २०२० को तुलनामा २०२१ मा ८१ प्रतिशतले बढेको हो । यसबाहेक, २०२१ मा चोरी भएको कुल क्रिप्टो मूल्य विगत पाँच वर्ष यताकै दोस्रो उच्च रहेको ब्लकचेनले जनाएको छ । सन् २०१९ मा करिब ९ अर्ब डलर बराबरको क्रिप्टो करेन्सी स्क्यामरहरूले चोरी गरेका थिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।