रुसले लगायो ट्वीटरमाथि तीन मिलियन रुबल जरिवाना

0
Shares

रसिया मस्कोको ट्यागान्स्की जिल्ला अदालतले सामाजिक सञ्जाल ट्वीटरलाई ३ मिलियन रूबल अर्थात् ४० हजार अमेरिकी डलर जरिवाना लगाएको छ।

रसियाले अवैध ठानेको सामग्री मेटाउन असफल भएको भन्दै अदालतले जरिवाना तिराएको हो। ट्वीटरले अवैध व्यवहारलाई बढावा दिने किसिमको कार्य नगरेको बताएको छ। रसियाली अदालतको यस सजाय प्रति ट्वीटर भने मौन रहेको छ।

अदालतले यस अघि पनि माइक्रोसफ्ट अन्तर्गतको सफ्टवेयर विकास वेबसाइट जीटहबलाई पनि यही किसिमको अपराधको लागि १ मिलियन रूबल जरिवाना लगाएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।