तेल आयातमा लागेको ऋण चिया निर्यात गरी तिर्ने योजनामा श्रीलंका

0
Shares

आर्थिक संकटबाट गुर्जिरहेको श्रीलंकाले चिया निर्यात गरी तेल आयातको ऋण तिर्ने योजना बनाएको छ।

पर्यटन उद्योग श्रीलंकाको आम्दानीको प्रमुख स्रोत रहेको थियो। कोरोनाभाइरस महामारीको समयमा पर्यटकीय आम्दानीमा भएको नोक्सानीले श्रीलंकाको अर्थतन्त्र अझै खराब भएको छ।

श्रीलंकाले इरानलाई तिर्नु पर्ने ऋण २५१ मिलियन डलर भन्दा धेरै रहेको छ। विदेशी विनिमय र सहयोगमा गम्भीर संकट भोगिरहेको श्रीलंकालाई उक्त ऋण तिर्न मुश्किल परिरहेको छ। यस अवस्थामा चिया निर्यात एक मात्रै सहज उपाय रहेको छ। श्रीलंकाले २५१ मिलियन डलर ऋण तिर्न इरानलाई हरेक महिना ४५ मिलियन डलर बराबरको चिया पठाउनु पर्नेछ।

देशको चिया बोर्डका एक सदस्यले वैदेशिक ऋण तिर्नका लागि पहिलो पटक चिया खरिद गरेको बताए।

वृक्षारोपण मन्त्रालयका एक अधिकृतका अनुसार, सिफारिस गरिएको यस योजनाले श्रीलंकालाई धेरै सघाउनेछ। इरानलाई सिलोन चिया बिक्री गरेर श्रीलंकाली रुपैयाँमा सेटलमेन्ट गर्न सकिन्छ भन्ने उद्देश्यले सो योजना अघि सारिएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।