दुर्घटना जोखिम न्यूनिकरण गर्न टेस्लाले करिब ५ लाख कारहरु फिर्ता माग्दै

0
Shares

रियरभ्यू क्यामेरा र दुर्घटनाको जोखिम बढाउने समस्याहरूलाई सम्बोधन गर्न टेस्लाले आफ्नो मोडल–३ र मोडेल–एस्का विद्युतीय कारहरु फिर्ता मागेको छ।

फिर्ता मागेका कारहरूको सङ्ख्या ४ लाख ७५ हजार भन्दा बढी रहेको छ। टेस्लाले रियरभ्यू क्यामेराको समस्या समाधान गर्न मोडल–३ का ३ लाख ५६ हजार कारहरु फिर्ता मागेको छ। त्यसैगरी फ्रन्ट हुडको समस्या समाधान गर्न मोडेल–एसका १ लाख १९ हजार कारहरु फिर्ता मागेको छ।

अमेरिकामा मात्रै टेस्लाले अहिले सम्म २,३०१ वारेन्टी दावी र ६०१ फिल्ड रिपोर्टहरूका मुद्दाहरु पहिचान गरेको छ।

टेस्लाको यस निर्णयले प्रारम्भिक ओपनिङ्गमा ३%ले शेयर घटेको थियो। तर कारोबारको अन्त्य सम्म आइपुग्दा ३% घाटामा गएको शेयर तुलनात्मक रुपमा बराबरीमा आइसकेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।