फेसबुक माथि तीन करोड अमेरिकी डलर जरिवाना सजाय

0
Shares

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरुको डाटा अनधिकृत रुपमा प्रयोग गरेको अभियोगमा ब्रिटेनले फेसबुकलाई तीन करोड अमेरिकी डलर जरिवाना तिराउने भएको छ ।

चार करोड बढी प्रयोगकर्ताहरुको व्यक्तिगत डाटाको दुरुपयोग गरेको भन्दै उक्त सजाय दिएको हो । फेसबुकले अनुचित नियम र सर्तहरू लगाएर प्रयोगकर्ताहरुलाई आफ्नो बहुमूल्य व्यक्तिगत डाटाको माग गरेको र सो डाटाको प्रयोग गरी फेसबूकले अरबौं पाउन्ड कमाएको आरोप प्रयोगकर्ताहरुको छ ।

उक्त आरोपलाई प्रतिकार गर्दै फेसबूकले– प्रयोगकर्ताहरुले आफ्नो प्रयोगको लागि फेसबूकले दिने सेवा सुविधा प्रयोग गरेको र के–के डाटा सेयर गर्ने र नगर्ने भन्ने निर्णायक जानकारी फेसबुक प्रयोगकर्ताहरुलाई नै भएको जनाएको छ ।

स्थापनाको समय देखि नै ब्रिटेनमा प्रयोगकर्ताहरुले फेसबुकलाई भर पर्दो सामाजिक सञ्जालको माध्यमका रुपमा प्रयोग गर्दै आएका थिए । तर यस घटनापछि ब्रिटेनका प्रयोगकर्ताहरुको फेसबुक माथिको विश्वास र उदारतामा कमी आएको देखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।