जनवरी महिनामा सुन बजारलाई जित्न सक्ने भनी अनुमान गरिएको क्रिप्टोकरेन्सी बिटकोइनको मूल्यमा भारी गिरावट आएको छ।
अमेरिकी संस्था गोल्डम्यान स्याचका विज्ञहरुले भविष्य नै क्रिप्टोको रहेको र आउने समयमा क्रिप्टोले सुन बजारलाई जितेर अघि बढ्ने अनुमान गरेका थिए। तर जनवरीको अन्तिम सातामा आइपुग्दा बिटकोइनको मूल्य हाल सम्मकै कम हुन पुगेको छ।
सन् २०२१को नोभेम्बर महिनामा ६९,००० अमेरिकी डलर प्रति कोइन मूल्य भएको बिटकोइन शनिबार ३४,००० मा झरेको छ। यो मूल्य अहिले सम्मकै कम मूल्य हो।
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याज दर वृद्धि गर्ने घोषणा गरेसँगै र मुद्रा स्फिती कायमै रहँदा बिटकोइनको मूल्यमा कमी आएको निष्कर्ष बिज्ञहरुको रहेको छ।
यसका साथै क्रिप्टोकरेन्सी अन्तर्गतका अन्य करेन्सी जस्तै इथेरियमको मूल्यमा पनि ६.७ प्रतिशतले गिरावट आउँदा प्रति कोइन २,३९६ अमेरिकी डलर हुन पुगेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया