भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्ने क्रममा क्रिप्टो तथा डिजिटल करेन्सीहरुबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाउने घोषणा गरेकी छिन् ।
आधिकारिक स्रोतबाट पुष्टि नभए पनि भारतमा १ करोड देखि २ करोड क्रिप्टो लगानीकर्ता भएको अनुमान गरिएको छ । यस्तै ५ अर्ब ३७ करोड भन्दा धेरै लगानी क्रिप्टोबजारमा रहेको अनुमान छ ।
सरकारको यस कदमले लगानीकर्ताहरुलाई क्रिप्टो तथा नन् फन्जिबल टोकन (एनएफटी) मा लगानी गर्न निरुत्साहित गर्ने विश्वास गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया