रुसी राष्ट्रपति भलाम्दिर पुटिनले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्ने आदेश दिएपछि पूर्वी युरोपमा युद्धको सुरुवात भएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरु अमेरिका, बेलायत, युरोपियन युनियनका देशहरुले रुसमा कडा आर्थिक प्रतिबन्ध लगाउँदा रुसको स्टक मार्केट क्रयास हुने अवस्थामा पुगेको थियो ।
बेलायतले रुसका पाँच ठूला बैंकहरुमा आर्थिक प्रतिबन्ध लगाउँदा रुसको करेन्सीको रुबल अहिले सम्मकै कमजोर भएको थियो ।
रुबल अहिलेसम्म कै कम पुगेपछि रुसी केन्द्रीय बैंकले तरलता अभाव हुन नदिन र बैंकिङ क्षेत्रलाई बलियो बनाउन रिजर्भमा सञ्चित विदेशी मुद्रा बेच्न सुरु गरेको छ ।
जसकारण कमजोर भएको रुबल बलियो भएको छ भने रात्ताम्य रुसी स्टक मार्केटमा पनि हरियाली देखिएको छ । हिजो १ युरो बराबर ९५.७१५ रहेको विनिमय राष्ट्र बैंकको उक्त कदम पछि ९२.७६मा झरेको छ भने १ डलर बराबर ८९.६०रुबलमा विनिमय भइरहेको आज ८३.०४ रुबलमा झरेको छ ।
यसका साथै देशहरुले रुसमाथि कडा आर्थिक तथा वित्तिय प्रतिबन्ध लगाउँदा मु्द्रस्फीति पनि त्यतिकै बढेको छ । युक्रेनमा आक्रमण सुरु गरेपछि रुसमा आर्थिक प्रतिबन्धमा कडाइ गरिँदै जाँदा मुद्रास्फीति दर ९ प्रतिशत पुगेको छ । सन् २०१४ मा रुसले युक्रेनमा हमला गर्दा आर्थिक प्रतिबन्ध लगाइएका कारण मुद्रास्फीति दर वृद्धि भएको थियो । जसलाई कम गर्न रुसी केन्द्रिय बैंकले एकै रातमा १०.५ प्रतिशत औसत ब्याजदरबाट १७ प्रतिशत पु¥याएको थियो ।
अहिलेको अवस्थामा पनि केन्द्रीय बैंकले ४ प्रतिशत बढाएर १३ प्रतिशत वा सो भन्दा धेरै बनाउने योजना बनाएको मोंगन स्ट्यानलीले भनेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया