रुसलाई सहयोग गरेकोमा बेलारुसले गर्ने निर्यातमा नियन्त्रण गर्दै दक्षिण कोरिया

0
Shares

रुस र युक्रेन युद्धमा बेलारुस रुसको पक्षमा उभिएको छ । रुसलाई सहयोग गरेको भन्दै दक्षिण–कोरियाले बेलारुसले गर्ने निर्यातमा नियन्त्रण गर्ने बताएको छ ।

कुन किसिमको प्रतिबन्ध लगाउने भन्ने बारेमा स्पष्ट नभएपनि दक्षिण कोरियाले रुसमा लगाएका प्रकृतिको जस्तै प्रतिबन्ध लगाउने दक्षिण–कोरियाको परराष्ट्र मन्त्रालयले बताएको छ ।

यस अघि युद्ध सुरु भए लगत्तै दक्षिण कोरियाले रुसले गर्ने वस्तुहरुको ढुवानी सेवामा प्रतिबन्ध लगाएको थियो । त्यसैगरी पश्चिमा देशहरुले रुसी बैंकहरुमाथि लगाएका प्रतिबन्धहरु र अन्तराष्ट्रिय भुत्तानी प्रणाली स्वीफ्टमा प्रतिबन्ध लगाउन समेत सहमति जनाएको थियो । बेलारुसले युक्रेन विरुद्ध रुसलाई प्रभावकारी रुपमा साथ दिएको भन्दै बेलारुसमा प्रतिबन्ध लगाइने भएको हो ।

गत महिना दक्षिण कोरियाको राजधानी सीवलमा भएको बैठकमा दक्षिण कोरियाका लागि रुसी राजदूत एन्ड्रे कुलिकले रुसमाथि लगाइएका प्रतिबन्धहरुमा दुःख प्रकट गर्दै पश्चिमा देशहरुको कारण रुस आक्रमक भएको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।