क्रिप्टोकरेन्सी सम्बन्धी अध्ययनमा लामो समय देखि प्रतिक्षा गरिएको कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने भएका छन् ।
बाइडेनले अमेरिकी केन्द्रिय बैंकको डिजिटल मुद्राको वैधानिक एवं आर्थिक पक्षका बारेमा अध्ययन गर्न अमेरिकी न्याय विभाग, ट्रेजरी विभाग लगायतका अन्य विभागहरुलाई अध्ययन अघि बढाउन आदेश दिएका छन् । १८० दिनको अध्ययन समय दिई बाइडेनले मुद्राको भविष्य र विकसित परिदृश्यमा क्रिप्टोकरेन्सीको भूमिका कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न सुझाएका छन्।
गत वर्ष ह्वाइट हाउसले क्रिप्टोकरेन्सीमा नियमन गर्नको लागि कार्यकारी व्यवस्था गर्ने बताएको थियो । साइबर अपराध जस्तै ¥यान्समवेयर (रकम भुत्तानी नभएसम्म कम्प्यूटर प्रणालीमा पहँुच रोक्न डिजाइन गरिएको खराब प्रकारको सफ्टवेयर) र अन्य प्रकारका अपराधमा क्रिप्टोकरेन्सी कसरी प्रयोग भइरहेको छ भन्ने बारेमा पनि अध्ययन अघि बढाउने ह्वाइट हाउसले बताएको थियो ।
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै गर्दा रुसी धनाढ्यहरुले क्रिप्टोकरेन्सीको प्रयोग गरेपछि बाइडेनले उक्त आदेश दिएका छन् । यसका अतिरिक्त क्रिप्टोकरेन्सी माइनिङले वातावरणमा पार्ने असर र यसको बजार व्यवस्थापन लगायत क्रिप्टो विकासमा आवश्यक पर्ने टेक्निकल पूर्वाधारको बारेमा पनि अध्ययन अघि बढाउने ह्वाइट हाउस निबट स्रोतले बताएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया