फेडरल रिजर्भले औसत ब्याजदर बढाएपछि सुनको मूल्य घट्ने

0
Shares

अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभले औसत ब्याजदर बढाएपछि अन्तराष्ट्रिय बजारमा सूनको मूल्यमा गिरावट आएको छ । जसको प्रभावले नेपाली बजारमा पनि सुनको भाउ अझै घट्ने आँकलन गरिएको छ ।

रुस–युक्रेनबीचको युद्धका कारण आकाशिएको सूनको मूल्य फेडरल रिर्जभले औसत ब्याजदर बढाएपछि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महा–सचिव धर्म सुन्दर बज्राचार्यले बताए । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि भाउ घट्ने उनको भनाई छ ।

अमेरिकी केन्द्रीय बैंकले तीन वर्षपछि बढायो औसत ब्याजदर

गत फागुन २५ मा प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार ९८ हजार ८ सयमा झरेको छ । फेडरल रिजर्भले औसत ब्याजदर वृद्धि गरेपछि मानिसहरुले सुनमा लगानी गर्नुको सट्टा बैंकमा बचत गर्दा सुनको मूल्य घट्ने महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिएका छन् । उनी भन्छन्, ‘रुस–युक्रेन युद्ध रोकियो र फेडरल रिजर्भले औसत ब्याजदर बढाएको अवस्थामा सुनको मूल्यमा क्रमिक रुपमा गिरावट आउने छ । ९८ हजार ८ सय पुगेको सूनको मूल्य ९३ हजार सम्म पुग्न सक्छ । ’ उनले भने ।

कारोना महामारी पैmलिएपछि फेडरल रिजर्भले औसत ब्याजदर २.२५ प्रतिशतबाट शून्य प्रतिशत बनाएको थियो । सन् २०२२ को अन्त्य सम्ममा फेडरल रिर्जभले औसत ब्याजदर १.७५ प्रतिशत देखि २ प्रतिशत सम्म पु¥याउने लक्ष्य लिएको छ । जसकारण भावी समयमा सूनको मूल्यमा कमी आउने आकलन गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।