चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।
नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् । यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो
अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ, प्रवक्ताले भने ।
अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।
अफगान विस्फोटमा ४ बालबालिकाको मृत्यु
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले शनिबार जनाएको छ ।
घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्यान्डमाइन, एन्टि पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।
शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया