रुस र युक्रेनबीचको युद्धले थप जटिल रुप लिँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।
रुस र युक्रेनबीच भएका शान्ति सम्झौता सफल नभएपछि लगानीकर्ताहरु सुरक्षित सम्पत्ति मानिएको सुनमा लगानी गर्दै गएका छन् । जसकारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको छ ।
रुसले युद्ध रोक्न युक्रेनबाट मरिउपुल सहर आत्मसमर्पण स्वरुप माग गरेको थियो ।
तर, युक्रेनले रुसको उक्त प्रस्ताव अस्वीकार गरेपछि दुई देशबीच युद्ध चर्किएको छ । सीटी इन्डेक्सका सिनियर मार्केट विश्लेषक भन्छन्, “रसियाले सम्झौताका लागि दिएको अन्तिम मितिलाई युक्रेनले अस्वीकार गरेपछि सूनको मूल्यमा उतारचढाव आउने नै छ।”
यसैक्रममा स्पट गोल्डको मूल्य २.०६ प्रतिशतले वृद्धि हुँदा प्रतितोला ७२२.७८ डलर पुगेको छ
यसअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले औसत ब्याजदर बढाउँदा सूनको मूल्यमा कमी आएको थियो । यसै क्रममा मिनेपोलिस फेडरलका अध्यक्ष नील केसकरीले फेडरल रिजर्भले औसत ब्याजदर वृद्धि गरे सुन तथा खाद्यानको मूल्यमा स्थीरता आउने बताएका छन् ।
सुनको मूल्यमा वृद्धि भएसँगै अन्य धातु जस्तै प्लेडियमको मूल्य पनि बढेको छ । प्लेडियमको सबैभन्दा ठूलो उत्पादक नै रसिया रहेको कारणले गर्दा आपूर्ति श्रङ्खलामा अभाव आउने कारणले गर्दा प्लेडियमको मूल्य वृद्धि भएको छ ।
सूनको मूल्य वृद्धि भएसँगै चाँदी र प्लाटेनियमको मूल्य पनि बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया