चाइना इस्टर्न एयरलायन्सको बोइङ ७३७ कम्पनीको विमान आज दुर्घटनाग्रस्त भएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा १३३ यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । घटनामा कुनै हताहतीको विवरण आउन सकेको छैन ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उक्त विमान कुनमिङ शहरबाट गुन्जाहो शहरको लागि गईरहेको बेला ग्वांनजीमा दुर्घटनाग्रस्त भएको बताईएको छ । जसमा मृत्यु हुनेको संख्या अझैसम्म पनि अज्ञात छ । फ्लाइट राडर २४ का अनुसार एक्त विमान ६ वर्ष पुरानो रहेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले विमानस्थलका कर्मचारीलाई उद्धृत गर्दै चाइना इस्टर्न उडान एमयू ५७३५ सोमबार दिउँसो १ः०० बजेपछि कुनमिङ शहरबाट उडान भरेको आफ्नो निर्धारित गन्तव्य ग्वान्झाउमा नपुगेको बताएको छ । उडान ट्र्याकिङ २ः२२ बजे मा ३ हजार २२५ फिटको उचाइमा ६९६ किलोमिटर प्रतिघण्टाको गतिमा समाप्त भयो । जहाज ३ः०५ बजे अवतरण हुने तालिका थियो ।
बोइङ ७३७ विमानबाट दुर्घटनाग्रस्त भएर आगो लगेपछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । विमान दुर्घटना हुँदा आगो लागेको र उक्त आगो जंगलमा पनि फैलिएको बताइएको छ । दुर्घटनाको थप विवरण भने आइसकेको छैन ।
चीनको नागरिक उड्डयन प्राधिरकण (सीएए) ले भने विमानमा १२३ यात्रु र ९ चालक दलका सदस्य सहित १३२ जना यात्रु सवार रहेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया