फेडरल रिजर्भले औसत ब्याजदर बढाउँदा डलर बलियो, जापानी येन सन् २०१५ यताकै कमजोर

0
Shares

फेडरल रिजर्भले औसत ब्याजदर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा उपभोग्य वस्तुको मूल्यमा स्थीरता आएको छ । यसैकारण डलर बलियो बन्दै गएको छ भने जापानी येन सन् २०१५ यताकै कमजोर भएको छ ।

आज एक डलर बराबर १२१.५२ जापानी येनमा विदेशी विनिमय भइरहेको छ । फेडले औसत ब्याजदर वृद्धि गर्ने भनेसँगै मूल्यमा अलिकति स्थीरता देखिएपनि सेयर बजारमा अस्थिरता छाएको छ । बढ्दो महंगी दर घटाउनलाई फेडरल रिजर्भ अझै आक्रमक हुने अभिव्यक्ति फेड अध्यक्ष जेरोमी पावेलले दिएका छन् । फेडले मे महिनामा ०.५ प्रतिशतले ब्याज बढाउने अनुमान विश्लेषकहरुको रहेको छ ।

यसैबीच भलादिमिर पुटिनले आफ्ना अनफ्रेन्डली राष्ट्रहरुले कच्चा तेल तथा इन्धनको मूल्य रुबल मै तिर्न भनेपछि रुसी रुबल युद्ध सुरु भएदेखि यताकै बढेको छ । आज एक डलर बराबर ९६ रुबलमा कारोबार भइरहेको छ । करिब एक महिनापछि मस्को स्टक एकसेन्जमा कारोबार सुरु भएको छ र सुरुवातमा बजारको सेन्टिमेन्ट बुलिस रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।