गत वषको मार्च महिनाको तुलनामा जापानको यस वर्षको मार्च महिनामा उपभोक्ता मुद्रास्फीति दर बढेको छ । जापानी केन्द्रीय बैंकले अरु देशहरुले जस्तो मुद्रास्फीति नियन्त्रण गर्न संकुचित मौद्रिक नीति अवलम्बन नगर्दा उपभोत्ता मुद्रास्फीति दर बढेको हो ।
जापानी केन्द्रीय बैंक, बैंक अफ जापान (बीओजे) ले अवलम्बन गरेको अल्ट्रालुज मनिटरी पोलिसीका कारण लक्षित मुद्रास्फीति दर कायम गर्न सकेको छैन । सन् २०२१ सम्म १.७ प्रतिशत रहेको मुद्रास्फीति दर सन् २०२२ मा २.५ प्रतिशत पुगेको अनुमान छ ।
रुस–युक्रेन युद्धका कारण इन्धन, खाद्यान्न तथा घरायासी प्रयोजनका सामाग्रीको मूल्य वृद्धि हुँदा जापानको मुद्रास्फीति दर बढेको हो । यसका साथै सन्तुलित व्यापार नहुनु र जापानी येन २० वर्ष यताकै कमजोर हुनुले पनि जापानी अर्थतन्त्रमा थप जटिलता ल्याउन पुगेको हो । मार्च महिनामा आयात २८.९ प्रतिशत र निर्यात १७.५ प्रतिशत रहेको छ । यसरी आयात र निर्यातमा सन्तुलन कायम नहुँदा व्यापार घाटा बढेको छ ।
इन्धन तथा खाद्यान्नको मूल्य वृद्धि र कमजोर येनका कारण मार्च महिनाको उपभोत्ता मुद्रास्फीति सूचांक दर वृद्धि भएपनि, यो दिगो नहुने भएकाले केन्द्रिय बैंकले अहिले आफ्नो मौद्रिक नीतिमा परिवर्तन नल्याउने तर मुल्य वृद्धि रोक्नको लागि केही स्टीमूलस जारी गर्ने विश्लेषकहरुको भनाइ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया