कोलोम्बो स्टक एक्सेन्ज एक साताको लागि बन्द

0
Shares

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले कोलोम्बो स्टक एक्सेन्ज एक साताको लागि बन्द गर्ने भएको छ ।

श्रीलंकाको सेक्युरिटिज तथा एक्सेन्ज कमिसनले सोमबारबाट अर्को एक हप्ता सम्मको लागि कोलोम्बो स्टक एक्सेन्ज बन्द हुने जानकारी दिएको हो ।

यस अघि गरिएको कारोबारमा कोलोम्बो स्टक एक्सेन्जका दुईवटा सूचांक एएसपीआई र एस एन्ड पी एस्एल २० ऋणात्मक गएका छन् ।

एएसपीआई सूचांक ११४.४५ पोइन्ट अर्थात १.३९ प्रतिशतले घट्दा ८,१३५.२५ मा पुगेर मार्केट बन्द भएको छ । यसैगरी एसएन्डपी एस्एल २० ४४.४७ पोइन्ट अर्थात १.६७ प्रतिशतले घट्दा २,६२३.९० मा पुगेर बजार बन्द भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।