चीनले कोभिड–१९ बाट प्रभावित साना तथा मझौला फर्मलाई सहयोग गर्ने नीति अघि सारेको छ ।
चिनियाँ केन्द्रीय बैंकले कोभिड–१९ को असर कम गर्न, मूल्यमा स्थीरता ल्याउन र विश्वव्यापी रुपमा व्याप्त मुद्रास्फीतिको दर कम गर्न नयाँ मौद्रिक नीति अघि सारेको छ । यस नीतिले साना तथा मझौला उद्योग र कोभिडका कारण प्रभावित भएको समुदायलाई प्राथमिकतामा राखेर काम गर्ने केन्द्रीय बैंकका गर्भनर यी ग्याङले बताएका छन् ।
बायो फोरम फर एसियामा सम्बोधन गर्दै गर्भनर यी ग्याङले भूराजनीतिक तनावले विश्वव्यापी रुपमा निम्त्याएको मुद्रास्फीतिको जोखिम र कोभिड–१९ का कारण चीनियाँ अर्थतन्त्रमा पारेको असरबारे बोलेका छन् । उनी भन्छन्, “रुस र यक्रेनबीचको भूराजनीतिक तनावले विश्वव्यापी रुपमा बढ्दै गएको मूल्यवृद्धिलाई झन् बढावा दिने काम गरेको छ ।
बाह्य झट्काहरुको लागि चिनियाँ वित्तीय बजार बलियो नभएको अवस्थामा कोभिड–१९ का कारण आन्तरिक बजारको आर्थिक उन्नति हुन सकेको छैन । यस अवस्थासँग जुझ्नको लागि हामीले अनुकूल नीति अघि सारेका छौँ । यो मौद्रिक नीतिले आवश्यक परेको अवस्थामा साना तथा मझौला उद्योगहरुलाई सहयोग गर्ने छ।”
गत वर्ष देखि नै विश्वव्यापी रूपमा खाद्यान्न, इन्धन, वस्तु तथा आवासको मूल्य बढ्दै गएको अवस्थामा रुस–युक्रेन युद्धले विश्वव्यापी मुद्रास्फीतिको गति थप बढाएको छ । जस कारण विश्वव्यापी आर्थिक सुधार र वित्तीय स्थिरता खतरामा परेको छ ।
यसै बीच विश्लेषकहरुले चीनको सन् २०२२ को कुल ग्रास्थ उत्पादन अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घट्ने प्रक्षेपण गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया