दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाइको सन् २०२२ को पहिलो त्रैमासको नाफा १९ प्रतिशतले बढेको छ ।
रुस–युक्रेन युद्ध सुरु भएलगत्तै दक्षिण कोरियाली करेन्सी वोनको मूल्य घटिरहेको छ । विदेशी विनिमय दर कम हुँदा हुन्डाइको अन्तराष्ट्रिय बजारमा कारहरुको मूल्य ग्राहकको क्षमता अनुकुल हुन पुगेको छ ।
यसैकारण विश्वव्यापी रुपमा चीपको अभाव भइरहँदा र रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या आउँदा आउँदै पनि हुन्डाइको नाफा वृद्धि भएको हो ।
सन् २०२२ को जनवरी देखि मार्च महिना सम्मको हुन्डाइको कुल नाफा १.६ ट्रिलियन वोन पुगेको छ । रेफिनिटिभ स्मार्टइस्टीमेटमा संकलित डाटा अनुसार गत वर्षको कुल नाफा १.४ ट्रिलियन वोन रहेको छ । विविध समस्याहरुको सामना गर्नुपरे पनि यो वर्षको हुन्डाइको कुल नाफामा बढेको छ ।
गत वर्षको तुलनामा विदेशी विनिमयमा वोनको मुल्यमा ७ प्रतिशतले कमी आएको छ । पहिलो त्रैमासमा नाफा भएता पनि विश्वव्यापी रुपमा हुन्डाइको बिक्री दरमा १० प्रतिशत भन्दा धेरै कमी आएको छ ।
स्र्पोटस युटिलिटि भेइकल र जेनेसिस लकजरी मोडलका कारहरुको बिक्री बढ्नु र अनुकुल विदेशी विनिमय दर कायम रहँदा विभिन्न समस्याहरुको बावजुद पहिलो त्रैमासमा नाफा गर्न सकेको हुन्डाइले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया