फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन। प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहो¥याएका हुन । उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।
दोस्रो चरणमा उनका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाएका थिए। यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गरे । उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।
उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिएका छन ।फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताउएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रों अर्को कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया