सन् २०२२ को अन्त्यसम्ममा जर्मनीको मुद्रास्फीति दर ६.१ प्रतिशत पुग्ने

0
Shares

रुस र युक्रेनबीचको युद्धको प्रभावका कारण जर्मन सरकारले सन् २०२२ को मुद्रास्फीति दर ६.१ प्रक्षेपण गरेको छ । यस अघि जनवरीमा मुद्रास्फीति दर ३ं.३ प्रतिशत अनुमान गरिएको थियो ।

जर्मनी इन्धन तथा प्राकृतिक ग्यासको आपूर्तिमा रुसमा निर्भर रहेको छ । युद्ध सुरु भएपछि इन्धनको मूल्यवृद्धि हुँदा जर्मनमा मुद्रास्फीति बढेको छ । युद्ध लम्बिँदै गर्दा खाद्यान्न तथा इन्धनमा आएको मूल्यवृद्धिले जर्मनको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च रहेको छ ।

यसै बुधबार सार्वजनिक गर्न लागिएको स्प्रीङ इकोनोमिक फरकास्टमा सन् २०२३ को उपभोक्ता मूल्य वृद्धि दर २.८ प्रतिशत रहेको रोयटर्सले जनाएको छ ।

यसै गरि यस वर्षको उपभोक्ता खर्च दर ९.७ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । तथापि सन् २०२३मा भने उपभोक्ता खर्च दर घटेर ४.८ प्रतिशत हुने अनुमान छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीले सन् २०२२को आर्थिक वृद्धि दर ३.६ प्रतिशतबाट घटाएर २.२ प्रतिशत पु¥याएको एक स्रोतले बताएका छन् । यसैगरी सन् २०२३को आर्थिक वृद्धि दर २.५ प्रतिशत अनुमान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।