आईएमई लाइफको आईपीओ प्रस्ताव पारित

Parmeshwor Adhikari
0
Shares

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

बुधबार सम्पन्न इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभाले साधारण सेयर निष्काशनसँगै अन्य जीवन बीमा कम्पनीसँग मर्जर, प्राप्ती तथा विलय सम्बन्धि काम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको हो ।

अब कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरी साधारण सेयर निष्काशनको प्रकृया अघि बढाउनेछ ।

आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पनि साधारण सभाले पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना, दक्ष जनशक्ति र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भन्दै कम्पनीले यस्ता विषयलाई अवसरको रुपमा लिएर अघि बढिरहेका बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।