मुद्रास्फीति नियन्त्रणको लागि ब्याजदर बढाउनु राष्ट्रघाती कदम होइन: आरबीआई पूर्व गभर्नर रघुराम राजन

0
Shares

भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्व गर्भनर रघुराम राजनले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाउनु पर्ने बताएका छन् ।

भारतमा अहिले उपभोक्ता मुद्रास्फीति दर ६.९५ रहेको छ भने खुद मुद्रास्फीति १४.५५ प्रतिशत रहेको छ । सत्र महिना यताकै उच्च भएको उपभोक्ता मुद्राीस्फीति दर नियन्त्रण गर्नको लागि ब्याज दर बढाउनु पर्ने उनको विचार रहेको छ ।

ब्याज दर बढाउने विषयलाई मानिसहरुले राष्ट्रघाती कदम भनीरहेका बेला रघुरामले उल्टो विश्लेषण गरेका छन् । उनी भन्छन्, “राजनीतिज्ञ तथा कर्मचारीहरुले बुझ्नु पर्छ कि ब्याजदर बढाउनु विदेशी लगानीकर्तालाई फाइदा पुग्न काम भएकाले राष्ट्रघाती निर्णय हो भन्न मिल्दैन । उक्त लगानीले देशको आर्थिक स्थितिलाई स्थिर बनाउन मदत गर्छ र अन्ततः फाइदा भारत सरकारलाई नै हुन्छ।”

सन् २०१३ मा जब भारतीय मुद्रा संकटमा परेको थियो त्यतिबेला रघुराम गर्भनरको रुपमा नियुक्त भएका थिए । तत्कालीन समयमा भारतमा मुद्रास्फीति दर ९.५ प्रतिशत रहेको थियो । मुद्रास्फीति नियन्त्रण गर्नको लागि रघुरामले ७.२५ प्रतिशत रहेको रिपो रेट ८ प्रतिशत पु¥याएका थिए । उनको त्यो कदमलाई धेरैले आलोचना गरेका थिए । उनको नेतृत्वमा गरिएको निर्णय कै कारण विदेशी मुद्रा संकलन भएको थियो ।

पहिले आलोचनामा आएको उक्त निर्णय पछि गएर राष्ट्र हितमा परिणत भएको थियो । अहिले पनि भारतमा मूल्य वृद्धि दर उच्च रहेको छ । यस समयमा भारतीय रिजर्भ बैंकले ब्याजदर बढाउनुपर्ने उनको भनाइ रहेको छ । उनी भन्छन्, “आरबीआईले त्यही निर्णय गर्छ जुन अहिले गर्न जरुरी छ र फराकिलो राजनीतिले निर्णय गर्नमा सघाउनेछ ।”

भारतमा मात्रै नभई अरु देशहरुमा पनि मुद्रास्फीति दर बढेको छ । पश्चिमा राष्ट्रहरुले मुल्यवृद्धि नियन्त्रण गर्नको लागि औसत ब्याज दर बढाइरहेका छन् ।
विश्वव्यापी रुपमा मुद्रास्फीति बढ्दा त्यसका बाछिटा नेपालमा पनि परेका छन् । नेपालको अहिलेको उपभोक्ता मूल्यवृद्धि दर ७.१४ प्रतिशत रहेको छ भने खुद मूल्यवृद्धि दर १३.१३ प्रतिशत रहेको छ ।

नेपालको पछिल्लो आथिृक गतिविधिलाइ नियन्त्रण गर्न ब्याजदर बढाउन पर्ने चौतफिर्त आवज उठिरहेको भएपनि नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिनका लागि नीतिगत व्यवस्था नै गरेको छ । त्यसैगरी सरकार पनि उद्योगी व्यापारीको कुरा सुनेर ब्याजदर बढाउन नहुने पक्षमा उभिदै आएको छ । ब्याजदर बढ्ने अवसथा आएपनि बैंक वित्तीय संस्थाका छाता संगठनहरुले भद्र सहमती नै गरेर ब्याजदरको माथिल्लो सिमा नै तोकेका छन् । जसकारण अस्वभाविक आयातका कारण विदेशी विनिमय सञ्चितिमा दवाव परेको छ भने महंगी पनि बढ्दो क्रममा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।