निर्यात घट्दै गएपछि दक्षिण कोरियाको व्यापार घाटा बढ्दै

0
Shares

दक्षिण कोरियाको अप्रिल महिनामा निर्यात दर घटेको छ । निर्यात घट्दै र आयात बढ्दै जाँदा सन्तुलन कायम नभएपछि व्यापार घाटा बढ्दै गएको छ ।

कोभिड–१९का कारण चीनमा हुने सामाग्रीहरुको ढुवानी बन्द हुँदा र रुस–युक्रेन युद्धका कारण इन्धन तथा कच्चा पदार्थको मूल्य बढ्दै जाँदा निर्यात घटेको हो ।

चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ । चीनमा फैलिएको आमिक्रोन भेरियन्टका कारण प्रमुख व्यापारिक सहरहरुमा लकडाउन हुँदा र नाका तथा राजमार्गहरु बन्द हुँदा चीनमा गरिने आयातमा कमी आएको छ ।

गत वर्षको तुलनामा दक्षिण कोरियाको यस महिनाको निर्यात १२.६ प्रतिशतले वृद्धि भएपनि फेब्रुअरि महिना पछि निर्यातमा कमी आएको छ । विश्लेषकहरुले गत वर्ष निर्यात दर वृद्धि भएर १४.२ प्रतिशत हुने प्रक्षेपण गरेता पनि निर्यात १२.६ प्रतिशतले मात्रै बढेको छ । यसैगरी मार्च महिनामा निर्यात १८.२ प्रतिशतले बढेको थियो । अप्रिल महिनामा भएको निर्यात मार्च महिनाको तुलनामा भन्दा कम भएको छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै दक्षिण कोरियाको आयात १८.६ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १२.६ प्रतिशत रहेको छ । फराकिलो आयात र निर्यात बीचको अन्तरका कारण व्यापार घाटा बढेको छ । मार्च महिनामा १ सय १५ मिलियन डलर रहेको व्यापार घाटा अप्रिल महिनामा २ बिलियन ६६ मिलियन डलर पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।