भारत सरकारले स्पाइसजेट एयरलाइन्समाथि अनुसन्धान गर्ने

0
Shares


भारतको सबैभन्दा सस्तो मानिने स्पाइसजेट एयरलाइन्स सरकारी अनुसन्धानको घेरामा परेको छ ।

स्पाइसजेटको बी७३७–८०० विमानको अटोपाइलट खराब हुँदा जहाजमा उत्पन्न असन्तुलनका कारण जहाजमा सवार यात्रुहरु घाइते भएपछि भारत सरकारले छानबिन गरेको हो ।

स्पाइसजेटको बी७३७–८०० विमान मे १ मा मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरको लागि उडान भरेको थियो । विमानमा अटोपाइलटले उडानको बीचमा दुई मिनेट काम गर्न छाडेको र परिणाम स्वरूप जहाजमा असन्तुलन हुन गई यात्रुहरु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिक उड्डयन महानिर्देशनालय (डिजीसीए)ले उक्त विमानमा भएको घटनाबारे अनुसन्धान अघि सारेको बताएको छ । विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गरिएको थियो । अवतरण पछि घाइते भएका १२ जना यात्रु र तीन चालक दलका सदस्यसहित १५ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । घाइते भएका यात्रु मध्ये २ जनाको स्वस्थ्य अवस्था भने गम्भिर छ ।

डिजीसीएले विमान जाँच गर्नको लागि कलकतामा जहाज ग्राउन्ड गरेको छ । उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले यस मुद्दालाई अत्यन्त गम्भीरताका साथ हेरिएको र उक्त घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।