अमेरिकाले चिनियाँ सीसी क्यामेरा निर्माता कम्पनी हिकभीजनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बाइडेन प्रशासनले हिकभिजनलाई मानव अधिकारको र्दुव्यसनमा सघाएको आरोप लगाएको छ ।
हिकभिजनमाथि के–कस्ता प्रतिबन्ध लगाउने भन्ने बारेमा अमेरिकाले आफ्ना नजिकका देशहरुसँग छलफल अघि बढाउने भएको छ ।
हिकभिजनका सीसी क्यामेरा अमेरिका, बेलायत, ब्राजिल, मेक्सिको, भेत्नाम लगायतका १८० देशहरुमा प्रयोग हुँदै आएका छन् । ह्युमन राइट्स वाचकी चीनको देशीय प्रमुख, सोफी रिचार्डसन भन्छिन्, “ यी प्रतिबन्धहरु कार्यान्वयनमा आउनु भनेको विशाल परिवर्तन आए समान हुनेछ । हामीले निगरानी क्यामेरा बनाउने कम्पनीहरु दमनकारी सरकारको कठपुतली नबनुन भनेर नियमबद्ध रुपमा चल्न आहवान गरिरहेका छौं । यसैगरी चीन भित्र र चीन बाहिर नै निगरानी क्यामेराहरुको दुरुपयोग भएको अनुसन्धानले बताएको छ ।”
यस अघि हिकभिजन इस्पेसल्ली डेजिकनेटेट नेसन्लस इन्ड ब्लकड पर्सनसको सूचीमा परिसकेको छ ।
चीनको छिङज्याङमा १० लाख भन्दा बढी युगहर्समा भएको दमनमा चिनियाँ सरकारको साथ मिलेर प्रमाण नष्ट गर्नमा सघाएको आरोप हिकभिजनलाई लागेको छ । यसै कारण हिकभिजनमाथि मानव अधिकार दमन सम्बन्धी प्रतिबन्ध लगाउने निर्णय अमेरिकाले गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया