अमेरिकाको अनुरोध पछि भारतले गहुँ निर्यात सुचारु गर्ने

Parmeshwor Adhikari
0
Shares

गहुँ निर्यात नगर्ने घोषणा गरेको भारतले अन्ततः फेरी गहुँ निर्यात सुचारु गर्ने भएको छ ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत लिन्डा थोमास ग्रीन्फील्डले भर्चुअल बैठक मार्फत भारतले लिएको गहुँ निर्यात नगर्ने फैसलालाई पुर्नविचार गर्न र गहुँ निर्यात नरोक्न अनुरोध गरेकी थिइन् । उक्त बैठक सकिए पछि भारतले गहुँ निर्यात नगर्ने निर्णय उल्ट्याएको हो ।

गहुँ उत्पादनमा भारत संसारकै दोस्रो ठूलो देश हो । पहिलो स्थानमा रहेको युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि गहुँ निर्यात हुन सकेको छैन । यसैगरी रुसले युक्रेनमा खसालेका मिसाइलहरुका कारण खेती योग्य जमिन नष्ट हुन पुगेको छ । यसबेला विश्वव्यापी रुपमा खाद्य संकट सिर्जना हुने सम्भावना धेरै छ ।

उच्च मुद्रास्फीति, उच्च ब्याज दर, इन्धन तथा खाद्यान्नको आपूर्ति श्रृङखलामा आएको अभावका कारण विश्वव्यापी वित्त बजार समस्यामा परेको छ । यस अवस्थामा आन्तरिक आपूर्ति बढाउन र आन्तरिक मुद्रास्फीति कम गर्नका लागि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको सिधा असर विश्व भर पर्ने र खाद्य संकट हुने सम्भावना बढेको छ ।

भारत आसपासका श्रीलंका, नेपाल लगायतका देशहरु एक किसिमको आर्थिक संकटबाट गुज्रिरहेको बेलामा खाद्य संकटले थप समस्या निम्त्याउने भन्दै अमेरिकाले भारतलाई गहुँको निर्यात सुचारु गर्न अनुरोध गरेको भारतीय सञ्चार माध्यम फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

यसै क्रममा भारतले एक विज्ञप्ति जारी गर्दै गहुँ निर्यात सुचारु गरेको हो । भारतबाट इजिप्ट पठाउन भनी राखिएको गहुँ पठाउन भारत तयार भएको रोयटर्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।