कोभिड–१९ संक्रमण फैलिएपछि लकडाउन गरिएका चीनका प्रमुख औद्योगिक सहरमा लकडाउन खुकुलो बनाएपछि माग बढेका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
यसैगरी युरोपियन युनियन अन्तरगतको हङ्गेरी बाहेकका देशहरुले रुसी तेल तथा प्राकृतिक ग्यासलाई प्रतिबन्ध लगाएपछि कच्चा तेलको माग र आपूर्तिबीच तालमेल नमिल्दा कच्चा तेलको मूल्य वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय तेल निर्यातकर्ता ब्रेन्ट क्रुड मार्च २८ यताकै उच्च ११५.४० प्रति ब्यारल हुन पुगेको छ । यसैगरी अमेरिकी तेल निर्यातकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ले ११४.९८ प्रति ब्यारलमा कारोबार गरेको छ ।
ओएन्डा ब्रोकेजका विश्लेषक जेफ्री हेलीले अमेरिका तथा यूरोपमा बढेको इन्धनको मूल्य र माग अनुसारको आपूर्ति गर्न नसक्दा कच्चा तेलको मूल्य थप बढ्ने बताएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया