भारतसँगको असमान व्यापार सम्बन्ध सच्चाउन आवश्यक छ: पूर्व प्रधानमन्त्री डा. भट्टराई

0
Shares

छिमेकी राष्ट्र भारतसँगको असमान व्यापार सम्बन्ध नसच्चाउँदासम्म सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास नहुने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बताएका छन् ।

बाह्य परनिर्भरतमा कमी ल्याउनका लागि भारतसँग भएका व्यापार व्यवसायसँग सम्बन्धी सन्धी सम्झौताको समीक्षा नगर्दासम्म आर्थिक विकास नहुने उनले बताएका हुन् ।अधिक परिमाणमा हुने उत्पादनमा लागत कम पर्न आउने भएकाले भारतको वस्तु नेपालमा आउँदा सस्तोपर्ने गरेको उनको भनाई छ ।

नेपालमा हुने उत्पादन यन्त्रिकीकरण नभएको हुँदा सीमित मात्रमा हुने भएकाले महङ्गिको पर्न जाने हुन्छ । यसले गर्दा स्वदेशी भन्दा आयात गरिएको वस्तुको सस्तोपर्ने हुन्छ । यसको सुधारका लागि भारतसँगको असमान व्यापार सम्बन्ध सुधार गर्नु जरुरी रहेको उनको भनाई छ । त्यसका लागि भारत र नेपालको उत्पादनको सम्बन्धमा व्यापार कुटनीति मार्फत तय गर्न आवश्यक रहेको समेत उनले सुझाए ।

संसदमा चलिरहेको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता उपर जारी छलफलमा आफ्ने भनाई राख्दै पूर्व प्रधानमन्त्री भट्टराइले भने,“आगामी बजेटले अहिलेको संरचनागत समस्यालाई सम्बोधन गर्ने गरी प्रशासन, कर्मचारी तथा न्याय प्रणालीमा सुधारका लागि क्रान्तिकारी छलाङ मार्नुपर्ने हुन्छ ।” उनले भारसँगका विभिन्न सन्धी सम्झौता अघि करिब आयातको ५ गुणा निर्यात हुने गरेको बताउँदै भने, “पञ्चायतकालमा निर्यातको ५ गुणा मात्र आयात हुन्थ्यो, तर अहिले निर्यातको १५ गुणा बढी आयात रहेको छ ।”

नेपाली जनताले चाहना भनेको आर्थिक क्रन्ती रहेको डा. भट्टराइले बताए । पछिल्लो समयमा विकास र समृद्धिको चर्चा हरेक घर–घरमा हुन थालेको बताउदै उनले भने,“समाजवाट उन्मूख अर्थतन्त्रका लागि आवश्यक पुजिवाँदको नै विकास भएको छैन ।” आयातमा निर्भर अर्थतन्त्रले देशको विकास र समृद्धि नहुने उनको बुझाई छ । त्यसका साथै उनले कृषिका आश्रित जनसंख्या पनि घटाएर १० देखि १५ प्रतिशतमा मात्र सीमित राख्नुपर्ने बताए । अधिक जनता कृषिमा निर्भर रहेको देशको विकास नभएको पनि उनले दाबी गरे ।

नेपालको अर्थतन्त्र समाजवाद उन्मुख हुनका लागि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको भट्टराइको भनाईछ । “अबदेखि सरकारले दोहोरो अंकको आर्थिक वृद्धिदर आगामी दुई दशक निरन्तर भनेर लाग्नुपर्छ,” भट्टराइले भने,“वृद्धि पछि मात्र वितरण गर्ने हो, पहिला उत्पादन अनि वितरण हो ।”

अहिले अर्थतन्त्रलाई तीन खम्बे भनिए पनि कार्यशैलीले दुई खम्बे नै देखिन्छ । यसमा सरकार र निजी क्षेत्रले के गर्ने भन्ने निक्र्योल हुनुपर्ने समेत उनले सुझाए । अहिलेको अवस्थामा शिक्षा, स्वास्थ्य तथा ठूला पुर्वाधारको जिम्मा राज्यले नै लिनुपर्ने उनले बताए । त्यसैगरी उनले उत्पादन क्षेत्रको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताए । कृषि, पर्यटन तथा सेवा लगायतका क्षेत्र निजी क्षेत्रलाई दिनुपर्ने समेत उनको भनाई छ । शिक्षा र स्वास्थ्य क्षेलाई निजीकरण गर्नु नहुने बताउँदै उनले भने, “संवेदनशीताका हिसाबमा पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकारले लिनुपर्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।