अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर बढाएपछि डलर बलियो हुँदा कमजोर भएको भारुलाई थप अवमूल्यन हुन नदिन भारतीय केन्द्रीय बैंकले २०.१ बिलियन डलर बिक्री गरेको छ ।
मार्च महिनामा एक डलर बराबर ७५.७६ भारुमा विनिमय भइरहे पनि डलर बलियो हुँदा मे महिनामा सन् २०२० अप्रिल यताकै कमजोर एक डलर बराबर ७७.७९७५ भारुमा विनिमय भएको छ । कमजोर भएको भारुलाई थप कमजोर हुनबाट जोगाउन भारतीय केन्द्रीय बैंकले विदेशी सञ्चितिबाट २०.१ बिलियन डलर बिक्री गरेको हो ।
यसै सम्बन्धमा क्यापिटल इकोनोमिक्सका सहायक अर्थशास्त्री एडम होयसले भारतीय रिजर्भ बैंक (आरबीआई)सँग प्रशस्त विदेशी सञ्चिति भएको र रुपियाँलाई अस्थिर हुनबाट बचाउन र अरु विकासोन्मुख अर्थतन्त्रको मुद्रा भन्दा कमजोर हुन नदिन आरबीआईले सञ्चितिबाट विदेशी मुद्रा रिलिज गर्नुपर्ने बताएका छन् ।
आरबीआईको यस कदम पछि भारतको विदेशी मुद्रा सञ्चिति घटेर ५९५.९५ बिलियन पुगेको आरबीआईले जनाएको छ ।
यसैगरी केन्द्रीय बैंकले मुद्रास्फीति बढ्दै गएको र यसलाई नियन्त्रण गर्नको लागि मौद्रिक नीति समितिले औसत ब्याज दर बढाउने प्रस्ताव गरेको जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया