कोभिड–१९ ले अर्थतन्त्रमा पुर्याएको असरका कारण धरासायी भएको अर्थतन्त्र सुधारका लागि पाकिस्तानले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग वार्ता अघि बढाएको छ ।
सन् २०१९मा सम्झौता गरिएको ६ अर्ब डलर सहयोग सम्झौताको दोस्रो किस्ताको लागि पाकिस्तानले बैठक अघि बढाएको हो ।आइएमएफ र पाकिस्तानबीच राम्रो तालमेल मिल्न नसक्दा उक्त वार्ता लामो समयदेखि निष्कर्षविहीन रहेको थियो ।
आकासिएको मुद्रास्फीति, कमजोर स्वदेशी मुद्रा, व्यापक व्यापार घाटा र दुई महिनाको खाद्य तथा इन्धन आयात गर्न नसक्ने गरी खस्किँदै गरेको विदेशी सञ्चितिको सामना अहिले पाकिस्तानले गरिरहेको छ ।
पाकिस्तानी रुपी ऐतिहासिक रुपमा कमजोर भएको छ । एक डलर बराबर १९८.३९ मा विदेशी विनिमय भइरहेको छ । यस्तै विविध समस्यासँग जुध्न पाकिस्तानले आइएमएफसँग ६ बिलियन डलर सम्झौताको रकम बढाउन प्रस्ताव गरेको छ ।
पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्मेलले भर्चुअल माध्यमबाट आफूहरुले वार्ता गरेको र मे २५ सम्ममा निष्कर्षमा आउने गरी आफ्नो वित्तीय विभागको समूह र आइएमएफका पदाधिकारीहरु थप सल्लाहको लागि दोहा गएको बताएका छन् ।
उक्त प्रस्ताव स्वीकृत भएमा पाकिस्तानलाई आएमएफले ९०० मिलिदयन डलर उपलब्ध गराउने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया