विश्वव्यापी रुपमा विदेशी सञ्चिति घटिरहेको बेला टर्कीको एकै हप्तामा ४.८ अर्ब डलरले घट्यो

0
Shares

विश्वव्यापी रुपमा विभिन्न देशहरुको विदेशी सञ्चिति घटिरहेको समयमा टर्कीको विदेशी सञ्चिति गत एक हप्तामा ४.८ अर्ब डलरले घटेको छ ।

सन् २०२२ मा मात्रै टर्किको मुद्रा लिरा गत वर्षको तुलनामा १६ प्रतिशत भन्दा बढी घटेपछि, मुद्रालाई थप अवमूल्यन हुन नदिन टर्कीको केन्द्रीय बैंकले विदेशी सञ्चिति चलायमान गराएको थियो । यसैकारण टर्कीको विदेशी सञ्चितिमा व्यापक कमी आएको हो ।

यसै सन्दर्भमा लन्डन स्थीत टिडि सेक्युरिटिजका पोर्टफोलियो व्यवस्थापक प्रमुख क्रिष्टीयन मगियो भन्छन्,“टर्कीको सञ्चितिमा आएको गिरावट विश्व कै लागि अप्रत्याशीत रहेको छ । विदेशी सञ्चितिमा आएको कमीले टर्कीले पनि अनायासै अन्य विकासोन्मुख राष्ट्रहरुको गति लिन पुगेको छ ।”

आकाशिएको मुद्रास्फीति, मुद्रा अवमूल्यन, खाद्यान्न, इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धिका कारण टर्कीको आर्थिक अस्थिरता तर्फ होमिएको छ ।

सन् २०२२मा गत वर्षको तुलनामा लिरा १६ प्रतिशतले कमजोर हुँदा विश्वको सबैभन्दा खराब प्रर्दशन गर्ने मुद्रामा लिरा परेको छ । सन् २०१९–२०२०को समयमा लिरा कमजोर हुँदा टर्कीको केन्द्रीय बैंकले १ सय ६५ अर्ब डलर खर्चेर लिराको मूल्य स्थिर बनाउन खोजेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।