नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि नाममा कर्जा लिएर गोठ बनाएर गाई बाँध्नुपर्नेमा गाडी बाधिँएको बताए । उनले कृषि कर्जा सदुपयोग नभएको संकेत गर्दै आगामी दिनहरुमा गोठ ग्यारेजमा परिणत नहोस् भन्ने हेतुले नीति तर्जुमा गरिएको स्पष्ट पारेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक ‘स्थायित्वका लागि नेपाल उद्योग वाणिज्य महासंघको पहल’ कार्यक्रममा व्यवसायीहरुको प्रश्नको जवाफ दिने क्रममा गोठ ग्यारेज बन्ने गरेको विषय उठाएका हुन् । “गाउँमा गाई बाँध्ने छाडे, अहिले अन्जान जीले ल्याएको गाडी बाँधिन्छ,” गर्भनर अधिकारीले भने ।
थप गोठहरु ग्ग्यारेजमा परिणत नहुन् भन्ने उदेश्य राष्ट्र बैंकको रहेको भन्दै उनले थपे, “कति गोठहरु ग्यारेज बनाइरहेका छन् । अब थप ग्यारेज नबनाउन् भन्ने हाम्रो कामना हो ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको अर्थतन्त्रमा देखिएको समस्याको समाधान आयात नियन्त्रण गर्दा हुने हो त भन्ने प्रश्नको जवाफमा गभर्नर अधिकारीले गाइगोठ ग्यारेजमा परिणत हुने क्रम रोकिनुपर्ने बताएका हुन् ।
उनले आयात कडाईमा सजगता र सतर्कता कहिलेसम्म भन्ने प्रश्नमा जहिलसम्म हाम्रो संरचनात्मक समस्या (ग्याप) छ नि त्यो समस्या समाधान नहुँदासम्म हामी सर्तक भइराख्नुपर्ने दाबी गरे ।
कोभिड महामारीका कारण अर्थतन्त्र पुनरुत्थानका लागि पुससम्म दिएको सहुलियत दरको कर्जाका कारण उच्च माग भएको र पुसपछि नेपाल राष्ट्र र्बैंकले सो प्रावधान कसिलो बनाउँदै लगेको बताए ।
व्यवसायीहरुबाट महिला कृषि कर्जामा बढोत्तरी गर्नुपर्ने विषयमा गत आवमा उल्लेख्य संख्यामा महिला कृषिकर्जा प्रवाह भएको बताउँदै गभर्नर अधिकारीले उनले भने, “महिला कृषि ऋणमा संख्यात्मक हिसाबले निकै ठूलो भोल्यूममा ऋण प्रवाह भएको छ । आर्थिक वर्ष २०७७/७८ को डेटा हेर्ने हो भने त्यो भन्दा अघिल्ला वर्षहरुको सबै जोड्दा पनि एक वर्षमा बढी छ ।”
महिलाको नाममा गएको कतिपय कर्जा महिलाले प्रयोग नगरेको भई परिवारले प्रयोग गरेको भएपनि सो कर्जाले महिलाको आय आर्जन, परिवारको आयआर्जन वृद्धि गर्नमा नै प्रयोग भएको उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया