यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर वृद्धि गर्ने घोषणा गरेपछि यूरो शक्तिशाली बन्दै

0
Shares

युरोपियन केन्द्रीय बैंकले शून्य रहेको औसत ब्याजदर वृद्धि गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा युरो शक्तिशाली बनेको छ।

मे महिनाको सुरुवातमा अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा डलर शक्तिशाली बन्न गई, यूरो कमजोर भएको थियो ।

यसै क्रममा युरोपियन केन्द्रीय बैंकका प्रमुख क्रिष्टीन लेगार्डले औसत ब्याजदर बढाउने निर्णय गरेपछि यूरोले कमव्याक गरेको हो ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले मे महिनाको सुरुवातमा ०.५ प्रतिशतले औसत ब्याज दर बढाएपछि युरो ३.३ प्रतिशतले घटेर एक यूरो बराबर १.०३४९ डलर कायम भएको थियो ।

यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर वृद्धि गर्ने घोषणा गरेपछि यूरो १.१ प्रतिशतले कमव्याक गरेको छ । उक्त निर्णय पछि १ यूरो बराबर १.०३४९ डलर भएको यूरो १.०६८७ पुगेको छ ।

विश्वव्यापी अर्थतन्त्र अस्थिर भएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीमार्ग खोज्दै डलरमा लगानी गर्न लागेका छन् । यस कारण केही समय यता डलर थप शक्तिशाली बनेको छ । युरोपियन केन्द्रीय बैंकका प्रमुखले एक ब्लगमा लेख्छन्, “हामीले मुद्रास्फीति नियन्त्रण गर्नको लागि औसत ब्याजदर बढाउने तयारी गरेका छौं । मुद्रास्फीति घटेर २ प्रतिशतमा नआए सम्म औसत ब्याजदर बढाउने छौं । ”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।