जापानले कोभिड–१९ संक्रमण कम हुँदै गएपछि पर्यटकीय भ्रमण स्थल खुला गर्दै

0
Shares

कोभिड–१९ का कारण बन्द भएको पर्यटन क्षेत्रको उत्थान, प्रवद्र्धन र विकासका लागि जापानले पर्यटकीय भ्रमणको लागि सीमा खुल्ला गरेको छ ।

यस अघि सीमा क्षेत्रमा गर्दै आएको कडाई जुलाई १० बाट कम गर्ने र विदेशी पर्यटकहरुलाई प्रवेश आज्ञा दिने भएको हो ।

यसैगरी स्वदेशी पर्यटकको संख्या बढाउन जापानले नेशनल ट्राभल डिस्काउन्ट योजना–“गो टू ट्राभल” सुचारु गर्ने जापानी समाचार माध्यम निकेईले जनाएको छ । गो टू ट्राभल योजना मार्फत जापानी नागरिकहरु प्रि–कोभिड समयमा जस्तै घुम्न सक्नेछन् । जसकारण कोभिडको सायमा धरासायी भएको पर्यटन उद्योग रिभाइभ हुने आंकलन गरिएको छ ।

यो योजना सन् २०२० मा लागू गरिएको थियो । जस अन्तर्गत घुम्न जाने एक यात्रुलाई एक दिनको खर्च २० हजार येन दिने गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।